काठमाडौं । सोमबारको जेनजी प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारीहरूको आन्दोलन मंगलबार अझ तीव्र बनेको छ। प्रदर्शनकारीहरूले सत्तारुढ दल नेपाली कांग्रेसको कार्यालयमा पुगेर आगजनी गरेका छन्। आज बिहानैदेखि प्रदर्शनकारीहरूले विभिन्न नेताहरूका घर र पार्टी कार्यालयहरूमा ढुंगामुढा र आगजनी गर्दै हिंसात्मक गतिविधि जारी राखेका छन्। सोमबारको दमनपछि युवाहरूको आक्रोश झन् चर्किएको देखिएको छ। राजधानीसहित देशका विभिन्न प्रमुख शहरहरूमा प्रदर्शन जारी छ भने सुरक्षा निकायहरूले संवेदनशील क्षेत्रहरूमा उच्च सतर्कता अपनाएका छन्।