काठमाडौं ,काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आन्दोलनकारीलाई अब हिंसा र तोडफोड रोक्न र सार्वजनिक सम्पत्ति जोगाउन अपिल गरेका छन् ।

उनले अब जेनजी पुस्ताले देशको नेतृत्व गर्ने र सेना प्रमुखसँग वार्ता गर्न तयार रहन भन्दै त्यसअघि संसद विघटन अनिवार्य भनेका छन् ।