काठमाडौं । जेनजी आन्दोलनको प्रभाव मंगलबार राजधानीमा थप तीव्र बनेको छ। राज्यका विभिन्न अंगमा नियन्त्रण कायम गरिरहेका प्रदर्शनकारीहरू मंगलबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समेत प्रवेश गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि मात्र पदबाट राजीनामा दिएका थिए। ओलीको राजीनामापछि आक्रोशित प्रदर्शनकारीहरूको भीड बालुवाटारतर्फ अग्रसर हुँदै मुख्य गेट तोडेर भित्र छिरेको eyewitnessहरूले बताएका छन्। स्रोतका अनुसार सुरक्षाकर्मीहरूले परिस्थितिलाई नियन्त्रणमा लिन प्रारम्भिक प्रयास गरे पनि भीड अत्यधिक भएको कारण बालुवाटार परिसरमा प्रदर्शनकारीहरूको नियन्त्रण स्थापित भएको छ। यसअघि सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र विभिन्न दलका कार्यालयमा आगजनी र तोडफोड भइसकेको छ।जेनजी प्रदर्शन थप उग्र बन्दै जाँदा सरकार र सुरक्षा निकायमा उच्च सतर्कता अपनाइएको छ। स्थिति अझै तनावपूर्ण बनेको बताइएको छ।