कास्की, जेनजी आन्दोलनकारीले कास्की कारागारमा तोडफोड गर्दै कैदीबन्दी छुटाएका छन्। सरकारी कार्यालयहरुमा आगजनीको क्रममा गरिएको सूचनापछि प्रहरी सुरक्षा कडा पारिएको भए पनि, आन्दोलनकारीले कारागारमा प्रवेश गरेर भित्रका कैदीबन्दीलाई सहयोग गरेका थिए। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, “आन्दोलनकर्मीहरु भित्र छिरेर तोडफोड गरे र भित्रबाट कैदीबन्दी पनि उत्रिएपछि कारागार तोडेर भागेका हुन्। ” यस क्रममा कारागार सुरक्षामा खटिएका केही प्रहरीमाथि पनि कुटपिट भएको छ।कास्की कारागारमा हाल ब्लक ‘ए’ मा ४६६, ब्लक ‘बी’ मा ४८० र महिला ब्लकमा ३५ जना कैदीबन्दी रहेका थिए। प्रहरीले भगाइएका कैदीबन्दीको खोजीमा थप सुरक्षा बढाएको जनाएको छ।