काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकलाई स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिद्धबाबा हस्पिटल एन्ड रिसर्च सेन्टरसँग सम्झौता गरेको छ । उक्त सम्झौताअनुसार यस बैंकका ग्राहकहरूले बुटबलमा रहेको उक्त हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकका ग्राहकहरूले उक्त हस्पिटलमा भर्ना शुल्क, अपरेसन शुल्क, प्रयोगशाला शुल्क, मेडिसिन र फार्मेसीजस्ता सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्नेछन् । सुविधाको उपयोग गर्न ग्राहकहरूले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।