काठमाडौं, भदौ ७
सनराइज बैंकले सनराइज नारी बचत खाता योजना सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार महिलाहरूलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ उक्त खाता सञ्चालनमा ल्याइएको हो । तीजको विशेष अवसर पारेर सञ्चालनमा ल्याइएको यो खाताले महिलाहरूको सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास बैंकले लिएको छ ।
शून्य मौज्दातमा खोल्न सकिने यो खातामा पहिलो वर्ष निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ र निःशुल्क डिम्याट खाता, लकर चार्जमा ५० प्रतिशत छुट र केही गर्ने उद्देश्य राखेका महिलाहरूलाई प्रोत्साहन पुगोस् भनी कर्जा लिँदाको प्रक्रियागत खर्चमा विशेष छुटको व्यवस्था समेत गरिएको बैंकले जानकारी दिएको छ ।
यसअन्तर्गत महिलाहरूले डिजिटल भुक्तानी गर्दा भुक्तानी रकमको १० प्रतिशत वा दुुई हजार रुपैयाँसम्मको क्यास व्याक दिने व्यवस्था रहेको छ । बैंकका अनुसार विभिन्न स्वास्थ्य बीमासमेत समावेश रहेको यो खाता हाल लकडाउनको अवस्थामा ग्राहकहरूले घर बसीबसी अनलाइनबाट खोल्न सकिनेछ ।