काठमाडौँ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवन मंगलबार जेनजी आन्दोलनका क्रममा ध्वस्त भएपछि बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरेको सूचना जारी गर्दै संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिएका छन् ।