काठमाडौं । नेपाल टेलिकमले आफ्नो सम्पूर्ण भौतिक संरचना र सम्पत्ति जोगाउन सबैलाई सहयोग गर्न आग्रह गरेको छ । टेलिकमले सार्वजनिक अपिल जारी गर्दै यस्तो आग्रह गरेको हो ।
‘नेपाल टेलिकम नेपाली जनताको आफ्नै साझा सम्पत्ति भएकाले सुरक्षित राख्न र संरक्षण गर्न सबैले विशेष ध्यान दिनुपर्छ’, टेलिकमद्वारा जारी गरिएको अपिलमा भनिएको छ । कम्पनीले आपतकालीन अवस्था, राष्ट्रिय विपत्ति वा अन्य असाधारण परिस्थितिमा पनि निरन्तर सेवाप्रवाह गर्दै आएको स्मरण गराउँदै जनतासँग सद्भाव राख्न र सम्पत्ति संरक्षणमा साथ दिन अनुरोध गरेको छ ।
दूरसञ्चार सेवाको विकास र विस्तारमा निरन्तर योगदान दिइरहेको उल्लेख गर्दै टेलिकमले संस्थामा क्षति नगर्न आग्रह गरेको हो ।