काठमाडौं । नेपाली कांग्रेसले जेन–जीको प्रदर्शनको क्रममा भएको घटनाप्रति दुःख व्यक्त गर्दै नहुनुपर्ने घटना भएको बताएको छ । प्रवक्ता डा प्रकाशरण महतले विज्ञप्ति जारी गर्दै देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको बताएका हुन् ।
‘देश,जनता र लोकतन्त्रप्रति प्रतिबद्ध नवयुवाहरूले अवश्य पनि यस्तो चाहेका थिएनन् । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाजस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ’, उनले विज्ञप्तिमा भनेका छन्, ‘मलगायत धेरैको घर निजी सम्पत्ति, उद्योग व्यावसाय, सञ्चारगृहलगायतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद् र निन्दनीय छ। यो एक दिनको क्षति १० वर्षे माओवादी द्वन्द्वको बेलाभन्दा धेरै बढी हो । यसले लगानीको वातावरणलाई पनि बिगारेको छ र क्षतिपूर्ति गर्न वर्षौँ र ठूलो लगानी लाग्ने निश्चित छ । त्यस्तै, पार्टी सभापति शेरबहादुर देउवालगायत अन्य नेतामाथि भएको सांघातिक आक्रमणको घोर निन्दा तथा भत्र्सना गर्दछु ।’
हालै नवयुवा पुस्ताद्वारा आयोजित विरोध प्रदर्शनका क्रममा हुन नपर्ने दुःखद् घटना भएकोप्रति नेपाली कांग्रेस गहिरो दुःख समेत व्यक्त गरेको छ ।
‘धेरै युवाहरू र केही सुरक्षाकर्मीहरूले ज्यान गुमाउनुपरेको पीडादायी अवस्था हामी सबैकालागि अत्यन्त दुखदायी छ, मृतकहरूमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। घाइतेहरूलाई शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दै विरोध प्रदर्शन क्रममा भएको धनजनको ठूलो क्षतिप्रति गम्भीर चिन्ता प्रकट गर्दछु’, विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले मंगलबार देशभर भएको तोडफोड, आगजनी र हिंसात्मक गतिविधिहरू शान्तिपूर्ण लोकतान्त्रिक विरोधको मर्म र मान्यताबाट बाहिर गएको बताएको छ । ‘देश,जनता र लोकतन्त्रप्रति प्रतिबद्ध नवयुवाहरूले अवश्य पनि यस्तो चाहेका थिएनन् ।
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाजस्ता लोकतन्त्रका आधारभूत स्तम्भहरूमा समेत आगजनी हुनु गम्भीर छ’, विज्ञप्तिमा उल्लेख छ, ‘मलगायत धेरैको घर निजी सम्पत्ति, उद्योग व्यावसाय, सञ्चार गृहलगायतमा भएको आगजनी, तोडफोड र लुटपाट अत्यन्त दुःखद् र निन्दनीय छ । यो एक दिनको क्षति १० वर्षे माओवादी द्वन्द्वको बेलाभन्दा धेरै बढी हो । यसले लगानीको वातावरणलाई पनि बिगारेको छ र क्षतिपूर्ति गर्न वर्षौं र ठूलो लगानी लाग्ने निश्चित छ। त्यस्तै, पार्टी सभापति शेरबहादुर देउवालगायत अन्य नेताहरूमाथि भएको सांघातिक आक्रमणको घोर निन्दा तथा भत्र्सना गर्दछु ।’
देश अहिले राजनीतिक शून्यता र कानुनी अनिश्चिततामा रहेकाले कांग्रेसले राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्ति–सुरक्षा अमनचयन कायम हुन जरुरी रहेको बताएको छ ।
‘कानुनी शासनको विकल्प छैन, लोकतन्त्रको विकल्प छैन । यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य छ । लोकतान्त्रिक प्रक्रियाको पुनःस्थापना र संरक्षणका लागि हामी सबै फेरि सक्रिय हुन आवश्यक छ । नेपाली कांग्रेस लोकतन्त्रको लागि सबैभन्दा भरपर्दो शक्ति हो भन्ने कुनै दुविधा छैन । पार्टीले अन्य लोकतन्त्र र संविधानप्रति प्रतिबद्ध दलहरूसँग तत्काल संवाद गर्न आवश्यक छ । त्यसैले शान्ति, सुरक्षा, संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनःस्थापनाका लागि राष्ट्रपतिज्यूको अगुवाइमा हुने संवाद र पहलमा नेपाली कांग्रेसले सक्रिय पहल गर्न आवश्यक छ’, विज्ञप्तिमा भनिएको छ ।