काठमाडौं । नेपाली विद्यार्थी संघ (नेविसंघ) ले बुधबार नयाँ बानेश्वरमा प्रदर्शन गरेको छ ।‘विदेशी हस्तक्षेप बन्द गर’, ‘संविधानको रक्षा गर’, ‘राष्ट्रपतिलाई सार्वजनिक गर’, ‘नेपाली हामी रहौंला कहाँ, नेपालै नरहे’ जस्ता नारासहितका प्लेकार्ड बोकेर उनीहरूले विरोध जनाएका हुन् ।यसअघि सोमबार र मंगलबार दुई दिनसम्म जेनजी समूहको आन्दोलनी प्रदर्शनमा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, राष्ट्रपति निवासलगायत स्थानमा आगजनी भएको थियो ।
सरकारी तथा राजनीतिक दलका नेताहरूको घरमा तोडफोड, लुटपाट र आगजनी भएपछि मंगलबार राति १० बजेदेखि नेपाली सेना परिचालित भएको छ । त्यसबीच, निरन्तर दबाबपछि प्रधानमन्त्री केपी शर्मा ओलीले २४ भदौमा पदबाट राजीनामा दिएका थिए ।