काठमाडौं । सेनाको कब्जामा रहेका राष्ट्रपति रामचन्द्र पौडेलको स्थिति सार्वजनिक गर्न माग गर्दै नेविसंघले कर्फ्यु तोडेर नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेको छ । सेनापति अशोकराज सिग्देलले राष्ट्रपति पौडेललाई पदवाट राजीनामा दिएर माग प्रसस्त गर्न आग्रह गरेको र राष्ट्रपति पौडेलले अस्वीकार गरेको कुरा बरिष्ठ पत्रकार किशोर नेपालले सामाजिक सञ्जालमा लेखेपछि नेविसंघ कर्फ्यु तोडेर राष्ट्रपतिको स्थिति सार्वजनिक गर्न माग गर्दै सडकमा ओर्लिएको हो ।