काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षा स्थगित गरेको छ । बोर्डले बुधबार एक सूचना प्रकाशित गरि अर्को सूचना नआएसम्म परीक्षा स्थगित गरिएको जानकारी दिएको हो ।
बोर्डका अनुसार संशोधित तालिकापछि प्रकाशित गरिनेछ । बोर्डले यही भदौ २८ र २९ गते मौका परिक्षा संचालन गर्ने तालिका निर्धारण गरेको थियो । विज्ञप्तिमा भनिएको छ, ‘पूर्व निर्धारित तालिका अनुसार २०८२ भदौ २८ र २९ गते सञ्चालन हुने कक्षा १२ को मौका (पूरक परीक्षा देशमा विकसित विशेष परिस्थितिका कारण अर्को सूचना प्रकाशन नभएसम्मका लागि स्थगित गरिएको छ ।’ साथै स्थगित परीक्षाको संशोधित परीक्षा तालिका कम्तीमा सात दिनको समयावधि दिई पछि प्रकाशन गरिने जनाएको छ ।