काठमाडौं । नेपाल टेलिकमले तीन दिनका लागि निःशुल्क डेटा र भ्वाइस कल सेवा उपलब्ध गराएको छ । टेलिकमले मंगलबार रातीदेखि निःशुल्क सेवा उपलब्ध गराएको हो ।
कम्पनीले हाल देखिएको विषम परिस्थितिलाई मध्यनजर गर्दै स्वदेश तथा विदेशमा रहेका आफन्तहरूसँगको सम्पर्कलाई सहज बनाउनका लागि यो सेवा उपलब्ध गराएको जानकारी दिएको छ । यस सुविधाका लागि ग्राहकहरूले डेटा लिन स्टार १४१५ स्टार ८ स्टार ३ ह्याज डायल गरी र भ्वाइस कल सेवा लिन स्टार १४१५ स्टार ८ स्टार ७ ह्याज डायल गरी लिन सक्नेछन् । निःशुल्क उपलब्ध गराइएको डेटा १ एमबीपीएस क्षमताको रहेको छ भने भ्वाइस कल नेपाल टेलिकमको नेटवर्कभित्र (अननेट) मात्र प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।