काठमाडौं । विभिन्न समूहमा छरिएर रहेका जेनजी समूहहरु एकीकृत भएर जेनजी रेभ्युलिसन नेपाल घोषणा गरेका छन् र देशमा आमूल परिवर्तन गर्ने उद्घोष गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रम बीच बिहीबार जेन्जी रेभ्युलिसन नेपाल घोषणा गरिएको हो । एकीकृत नेपाल घोषणा गरिएको हो । एकीकृत रुपमा गरिएको उक्त पत्रकार सम्मेलनमा अन्तरिम सरकारको प्रधानमन्त्रीका लागी पूर्व प्रधानन्यायाधीश शुशीला कार्कीको नाम सिफारिस गरिएको बताइएको छ । पत्रकार सम्मेलनमा बोल्ने अधिकांश जेनजी प्रतिनिधिहरुले भदौ २३ र २४ गतेको आन्दोलनको स्वामित्व ग्रहण गरेका छन् तर सरकारमा चाहि सहभागी नहुने घोषणा गरेका छन् । जेन्जी नेता सुदन गुरुङले आफूहरु परिपक्क नभएकाले सबैको सल्लाह र सुझावमा सुशासनका लागि लाग्ने बताए । तर अहिले राज्यले मच्चाएको हत्या हिंसाको चुनीचुनी बदला लिने बताए ।