काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा उच्चरूपमा बढेको छ । संस्थाले आर्थिक वर्ष २०८१/०८२मा नौ करोड ३७ लाख ५५ हजार ४३ रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा चार करोड ५७ लाख ९८ हजार चार सय ७९ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ४९ करोड ७४ लाख १५ हजार नौ सय ४२ रुपैयाँ रहेको संस्थाले आव २०८१/०८२ मा एक अर्ब ३९ करोड १० लाख ९२ हजार एक सय ५४ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ८३ करोड ८२ लाख २६ हजार दुई सय १६ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ४० करोड ४९ लाख ६९ हजार दुई सय २० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा सात दशमलव ४३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले एक अर्ब २५ करोड ८२ लाख ११ हजार आठ सय ४७ रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब १८ करोड ८३ लाख तीन हजार आठ सय ३८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा चार करोड ५७ लाख ९८ हजार चार सय ७९ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा १० दशमलव १९ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।