राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरेका छन्। राष्ट्रपतिका एक जना सल्लाहकार सुरेश चालिसेले कार्की प्रधानमन्त्रीमा नियुक्त भएको जानकारी दिए। उनले संसद् विघटनको कुरा पनि सहमतिमा समावेश भएको बताएका छन्। राष्ट्रपतिको सचिवालयले आजै ९ बजे कार्कीले प्रधानमन्त्रीको सपथ ग्रहण गर्ने जनाएको छ। नयाँ प्रधानमन्त्री नियुक्त हुनुअघि राष्ट्रपति कार्यालयआसपास क्षेत्रको सुरक्षा बढाइएको छ।bbc