काठमाडौं । एनआईसी एसिया बैंकले ग्राहकहरूलाई तीन करोडसम्म घर कर्जा प्रदान गर्ने भएको छ । बैंकले सोहीअनुसार ‘एनआईसी एसिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको हो । ‘सपना तपाईँको, साथ हाम्रो’ भन्ने नाराका साथ बैंकले सार्वजनिक गरेको यस घर कर्जा आकर्षक ब्याजदर एवं अन्य आकर्षक सेवासहित उपलब्ध हुने जनाएको छ ।
यसअनुसार न्यूनतम ५० लाखदेखि अधिकतम तीन करोडसम्म प्रदान गरिनेछ । एनआईसी एसिया साथी घर कर्जाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद गर्न, घर निर्माण तथा पुनर्निर्माण गर्न र घडेरी खरिद गर्नका लागि कर्जा उपलब्ध हुनेछ । सहज कर्जा प्रक्रियाबाट प्रदान गरिने यो कर्जाको अवधि अधिकतम २५ वर्ष छ ।
‘घर खरिद तथा निर्माण गर्ने ग्राहकहरूको सपना साकार पार्न ठोस टेवा पु¥याउने उद्देश्यले बैंकले ल्याएको यस कर्जा योजनाअन्तर्गत पहिलो पटक घर खरिद वा निर्माण गर्ने व्यक्तिको हकमा कर्जा र सोको धितो सुरक्षणको अनुपात अधिकतम ८० प्रतिशत र अन्यको हकमा अधिकतम ७० प्रतिशत कायम गरिएको छ’, बैंकले भनेको छ ।