काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा सामान्यरुपमा सुधार देखिएको छ । संस्थाले आर्थिक वर्ष २०८१/०८२मा तीन करोड ४२ लाख ४५ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा तीन करोड ५१ लाख छ हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी करोड ६१ लाख ४८ हजार रुपैयाँ रहेको संस्थाले आव २०८१/०८२मा एक अर्ब ४० करोड २७ लाख २९ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ४५ करोड ८३ लाख २६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १५ करोड ५३ लाख ७३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड आठ लाख ५५ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात चार दशमलव ८५ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले एक अर्ब १९ करोड ५७ लाख ५९ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब १७ करोड ७६ लाख २९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १३ करोड २९ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम छ करोड ३९ लाख ९८ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव १३ प्रतिशत रहेको थियो ।