काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा उच्चरुपमा बढेको छ । संस्थाले आर्थिक वर्ष २०८१/०८२मा २० करोड ९२ लाख ७७ हजार नौ सय ८३ रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा १४ करोड रुपैयाँले बढी हो । अघिल्लो आवमा संस्थाको यस्तो नाफा छ करोड ८९ हजार आठ सय ७३ रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ७३ करोड ३० लाख ४६ हजार दुई सय ८० रुपैयाँ रहेको संस्थाले आव २०८१/०८२ मा छ अर्ब ४५ करोड ४१ लाख सात हजार दुई सय ६० रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ४४ करोड ९३ लाख ५० हजार तीन सय दुई रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ७३ करोड ८८ लाख ४४ हजार छ सय ६८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ४८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले छ अर्ब ३९ करोड ४८ लाख ५९ हजार तीन सय ६२ रुपैयाँ निक्षेप संकलन गरी नौ अर्ब ५५ करोड ५८ लाख ७७ हजार सात सय २२ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४४ करोड ११ लाख ८० हजार तीन सय आठ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ८१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।