काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद मुनाफा खुम्चिएको छ । संस्थाले आर्थिक वर्ष २०८१/०८२मा १० करोड ३१ लाख ९६ हजार ३९ रुपैयाँ खुद मुनाफा कमाएको छ । यो नाफा अघिल्लो आर्थिक वर्षकोको तुलनामा २७ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षमा संस्थाले १४ करोड १७ लाख ४२ हजार छ सय ३४ रुपैयाँ खुद मुनाफा कमाएको छ ।
चुक्ता पुँजी एक अर्ब तीन करोड ४० लाख ६४ हजार चार सय १७ रुपैयाँ रहेको संस्थाले आव २०८१/०८२मा २२ करोड ४५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा संस्थाको यस्तो ब्याज आम्दानी २८ करोड ९७ लाख रुपैयाँ रहेको थियो । आव २०८१/०८२ मा संस्थाको वितरणयोग्य नाफा भने आठ करोड ५४ लाख रुपैयाँ रहेको छ । यसैगरी संस्थाको जगेडा कोषमा १८ करोड २९ लाख रुपैयाँ जम्मा रहेको छ ।