काठमाडौं । नेपाल राष्ट्र बैंकले जेन–जी आन्दोलनको कारण बैंकिङ क्षेत्रमा परेको असरको बारेमा छलफल गरेको छ । गभर्नर डा. विश्व पौडेलको अगुवाइमा आन्दोलनका कारण बैंक तथा वित्तीय संस्था तथा उद्योगहरूमा परेको क्षतिको वास्तविक अवस्था बुझ्न छलफल सुरु गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
उद्योगी र बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरूलाई बोलाएर राष्ट्र बैंकले शुक्रबार छलफल गरेको हो । गभर्नर डा. पौडेलले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि र उद्योगी व्यवसायीका प्रतिनिधिहरूलाई भेटेर क्षतिबारे सोधपुछ गरेका हुन् । उनले बैंकर्स संघका प्रतिनिधि र उद्योगीहरूसँग बसेर घटनाको असरबारे बुझेको राष्ट्र बैंकले जानकारी दिएको छ ।