काठमाडौँ । नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकीमा पाकिस्तानले हार्दिक बधाई ज्ञापन गरेको छ ।
नेपालको प्रधानमन्त्रीको उच्च पद सम्हालेकामा हार्दिक बधाई व्यक्त गर्दै प्रधानमन्त्री शेहेबाज सरिफले दुई देशबीचनको सम्बन्धलाई अझ सुदृढ बनाउन प्रधानमन्त्री कार्कीसँग सहकार्य गर्न तत्पर रहेको बताएको यहाँस्थित पाकिस्तानी राजदूतावासले जनाएको छ ।
प्रधानमन्त्री कार्कीलाई पठाएको शुभकामना सन्देशमा पाकिस्तानी प्रधानमन्त्रीले नेपाली जनताको शान्ति र प्रगतिको कामना पनि गरेका छन् ।