काठमाडौं । काभ्रेबाट ७३० राउन्ड गोलीसहित प्रहरीले आठजनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार साँझ उनीहरूलाई बनेपा नगरपालिका–९ बाट पक्राउ गरिएको जनाएको छ ।
सोही नगरपालिकाका २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय एक किशोर, १५ वर्षीय बालक, बाराका २० वर्षीय महेश मुखिया पक्राउ परेका छन् । यस्तै, पनौती नगरपालिका–१० का ३४ वर्षीय अछुत खड्का, काभ्रेको तेमाल गाउँपालिका–२ का २१ वर्षीय तिमोथी तामाङ र मकवानपुरको बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो रहेका छन् ।
उनीहरूलाई उक्त गोलीसहित जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीहरूले ‘जेनजी’को प्रदर्शनका क्रममा सुरक्षाकर्मीको हतियार तथा गोली लुटेको प्रहरीले आशंका गरेको छ ।