काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरणसम्बन्धी सेवा तथा विद्युतीय सवारी दर्तासम्बन्धी सबै सूचना प्रविधि प्रणाली अनिश्चितकालका लागि बन्द भएको जनाएको छ ।
जेन–जी आन्दोलनको क्रममा यातायात व्यवस्था विभागको संरचनामा तोडफोड, आगजानी तथा चोरी÷लुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन तथा सर्भरमा क्षति भएकाले सवारीचालक अनुमतिपत्र तथा विद्युतीय सवारीसाधन दर्तासम्बन्धी सेवा अवरुद्ध भएको विभागले जनाएको हो ।
आइतबार विभागले प्रकाशित गरेको सूचनामा भनिएको छ, ‘विभागको संरचनामा तोडफोड, आगजनी, चोरी तथा लुटपाटको घटनाबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भरमा क्षति पुगेको छ । त्यसकारण सवारी चालक अनुमतिपत्रको छपाइ, वितरण र विद्युतीय सवारी दर्तासम्बन्धी सेवा प्रभावित भएको छ ।’