काठमाडौं । नेपाल बीमा प्राधिकरणले भौतिकरुपमा नै उपस्थित भएर कार्यालय सञ्चालन गर्न सबै बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । आइतबार सार्वजनिक सूचनामार्फत जीवन बीमा, निर्जीवन बीमा, दुईवटा पुनर्बीमा र सातवटा लघुजीवन र निर्जीवन बीमासहित ३७ कम्पनीहरुलाई प्राधिकरणले निर्देशन दिएको हो ।
जेन–जी प्रदर्शनका कारण सुरक्षाका लागि लगाइएको कर्फ्यु र निषेधाज्ञा काठमाडौं उपत्यकामा हटिसकेको छ भने उपत्यकाबाहिर पनि हट्ने क्रममा छ । यसले सम्पूर्ण बीमा कम्पनी र तिनका शाखा कार्यालय आइतबारदेखि पूर्णरूपमा सञ्चालन गर्न प्राधिकरणले भनेको छ । यसअघि प्राधिकरणले यही भदौ २३ र २४ गतेको आन्दोलन तथा प्रदर्शनका कारण भएको क्षतिको बीमा दाबी भुक्तानीको कामलाई सहज र सरल बनाउन निर्देशन दिएको थियो ।