काठमाडौँ । जेनजी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा गृह मन्त्रालयले राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । सोमबार पदभार ग्रहण गरेपछि नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले उक्त निर्णय गरेका हुन् । मन्त्री अर्यालले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेका हुन् ।
मन्त्री अर्याललेआन्दोलन क्रममा ज्यान गुमाएका परिवारलाई काजकिरिया खर्चवापत प्रति परिवार रु. एक लाख उपलब्ध गराउने तथा मृतकको शव घर ठेगानासम्म पुर्याउने निर्णय गरेको जानकारी दिए ।
गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, निमित्त राष्ट्रिय अनुसन्धान निर्देशकलगायतले मन्त्री अर्याललाई मन्त्रालयमा स्वागत गरेका थिए ।