काठमाडौं । मोबाइलमान्डुले दशैँको अवसरमा ‘दशैँ ग्याजेट्स मेला’ सुरू गर्ने भएको छ । असोज १ बुधबारदेखि असोज १० गतेसम्म सञ्चालन हुने यो विशेष क्याम्पेनमा उपभोक्ताले ६० प्रतिशतसम्म छुट, कम्बो अफर, प्रि–बुकिङ सुविधा तथा रोचक उपहारहरू प्राप्त गर्नेछन् ।
मोबाइलमान्डुले यस मेलामा ट्याबलेट, ल्यापटप, स्मार्टवाच, इयरबड्सदेखि लिएर विभिन्न होम एप्लायन्ससम्म उपलब्ध गराउने जनाएको छ । यसअन्तर्गत नयाँ उत्पादनहरूको विशेष लन्च पनि हुनेछ । ब्ल्याक सार्कको नयाँ गेमिङ इयरबड ‘रोकस’ पहिलो तीन ग्राहकले मात्र ९९ रुपैयाँमै पाउनेछन् भने चुही हाई १० एक्स प्रो ट्याबलेट पहिलो ग्राहकले नौ सय ९९ रुपैयाँमै पाउने अवसर पाउनेछन् । कम्पनीले असोज १० सम्म ‘दशैँ गिभअवे’ कार्यक्रममार्फत तीन विजेतालाई करिब २० हजार रुपैयाँ बराबरका उत्पादनहरू उपहारस्वरूप दिनेछ । साथै, दुई हजार पाँच सय रुपैयाँभन्दामाथिको खरिदमा निःशुल्क डेलिभरीको सुविधा, मोबाइल र एप्लायन्समा सजिलो ईएमआई सुविधा र वेबसाइटमार्फत खरिदमा विशेष उपहार उपलब्ध गराइनेछ ।
मोबाइलमान्डुका अनुसार उपभोक्ताले यो दशैँ आफ्नो जीवनशैलीमा नयाँ ग्याजेट थप्दै परिवार र आफन्तलाई उपहार दिन सक्नेछन् । कम्पनीले आफ्ना अफर र गिभअवे अपडेटका लागि आधिकारिक वेबसाइट तथा फेसबुक, इन्स्टाग्राम र टिकटोक पेजमार्फत नियमित जानकारी लिन आग्रह गरेको छ ।