काठमाडौं । बन्दीपुर केवलकारको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा साधारण सेयरको बाँडफाँट कार्य सम्पन्न गरेको हो । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका ४३ करोड ४१ लाख आठ हजार रुपैयाँबराबरको ४३ लाख ४१ हजार ८० कित्ता सेयर गत भदौ ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको थियो । सो सेयरमा कुल २४ लाख २२ हजार एक सय ७७ जनाले दुई करोड ७६ लाख ३७ हजार सात सय २० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये २४ लाख २२ हजार एक सय ७७ आवेदन स्वीकृत भएको थियो ।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको कम्पनीले जानकारी दिएको छ । सोअनुसार चार लाख ३४ हजार एक सय आठ सय आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।