काठमाडौँ । ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय शोक मनाउन बुधबार देशभर सार्वजनिक बिदा दिएको छ। जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाउने सहिदको सम्मानमा बुधबार सरकारले आधा झण्डा झुकाउँदै शोक मनाएको छ। सरकारले बुधबार देशभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको हो ।
जेनजीले भदौ २३ गते राजधानीमा भ्रष्टाचार नियन्त्रण, सुशासन तथा पारदर्शिताको माग गर्दै प्रदर्शन गरेका थिए । प्रहरीको गोली लागेर उक्त प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो । भदौ २४ गते सो घटनाको विरोधमा मुलुकभर प्रदर्शन भएको थियो । दुई दिनको सो प्रदर्शनका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीसमेत गरेर ७२ जनाको मृत्यु भएको थियो भने सरकारी तथा निजी संरचनामाथि आगजानीसमेत भएको थियो।