काठमाडौं । बुधबार राति पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको पराकम्प ४.६ म्याग्निच्यूड मापन गरिएको हो। केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु रूकुम पूर्व र बाग्लुङको सीमाना रहेको थियो। स्थानीयहरूका अनुसार राति आएको भूकम्पले केही क्षण धरहरा र घरहरू हल्लिएको अनुभव भए पनि ठूलो क्षतिको जानकारी प्राप्त भएको छैन। यसअघि भदौ ६ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको थियो। पछिल्लो समय नेपालका विभिन्न भागमा साना–ठूला भूकम्पीय धक्का देखिनु भूकम्पीय सक्रियताको संकेत मानिएको छ।