काठमाडौं । दुई व्यावसायिक घराना शंकर गु्रप र इन्फिनिटी होल्डिङ्सले गत सोमबार संयुक्त वक्तव्य जारी गरी ‘हामी नेपाल’सँग सहकार्य गर्न पाएकोमा गर्व महसुस भएको जनाएको छ । शंकर गु्रप नेपालको एक प्रतिष्ठित पारिवारिक घराना हो र यसको सञ्चालन शंकर अग्रवाल, शाहिल अग्रवाल र थर्मल गन तस्करी काण्डमा रंगेहात पक्राउ परेका सुलभ अग्रवालले गर्दै आएका छन् भने कमिसन दलाल कम्पनीको रुपमा स्थापित इन्फिनिटी होल्ड्ङ्सिको नेतृत्व विवादस्पद पात्र दीपक भट्टले गर्दै आएका छन् ।
भट्ट रासायनिक मलकाण्डको रकम चोरी गरेको घटनामा चतुर्भुज प्रसाद भट्टसँगैका आरोपी हुन् । पछिल्ला दिनमा उनी कमिसन दलालका रुपमा क्रियाशील छन् ।
नेपालमा पछिल्लो समय पाकिस्तानी गुप्तचर संस्था आईएसआईको भूमिका खुम्चिँदै गएपछि त्यसको ठाउँमा प्रतिस्थापित भएर काम गर्दै आएको आशंका गरिएका भट्टले सुरक्षा निकायलाई हातहतियार, गोलीगठ्ठा, हेलिकोप्टरलगायतका सामान सप्लाई गर्दै आएका छन् ।
उक्त संयुक्त वक्तव्यमा भनिएको छ, ‘कोभिड महामारीका बेला हामीले ‘हामी नेपाल’सँग हातेमालो गरेका थियौँ, विपत्तिमा पर्नुभएका हजारौँ आमाबुबा, दाजुभाइ, दिदीबहिनीको उपचार र पुनःस्थापनामा सहयोगी बनेका थियौँ, जसकारण हजारौँको ज्यान जोगिएको थियो, त्यसमा हामीलाई गर्व छ । उक्त महामारीका समयमा हामी नेपाल संस्था र त्यसका नेतृत्वकर्ता सुजन गुरुङसँग चिनजान भएको थियो, कोरोना प्रभावित नेपालीलाई सहयोग गर्न उहाँहरुलाई परिचालन पार्टनर छनोट गरेका थियौँ ।’
हामी नेपालका संयोजक गुरुङले पनि आफूहरुलाई बारबरा फाउन्डेसनका डा. सन्दुक रुइतले अभिभावकत्व प्रदान गरेको र शंकर गु्रपका सुलभ अग्रवाल तथा इन्फिनिटी होल्डिङ्सका दीपक भट्टले सहयोग गर्दै आएको बताउँदै आएका छन् । दीपक भट्टको एकल नेतृत्व रहेको इन्फिनिटी होल्डिसमा चिनमा बसेर व्यापार गर्ने शंकर श्रेष्ठ, केही समय अघि मात्र नेपाली नागरिकता लिएका नव नागरिकद्वय उपेन्द्र हिरावत र अभिषेक आनन्द शर्मा हिडन पार्टनर रहेका छन् । उनीहरुको रहस्यमयी सहयोग र समर्थनको स्वीकारोक्तिपछि गत भदौ २३ गते रहस्यमयीरुपमा जेन–जी पुस्ताका विद्यार्थीहरुलाई मानव ढाल बनाएर गरिएको आमहत्या झनै रहस्यमयी बन्न पुगेको छ ।