काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाई र शुभकामना दिएका छन्। काठमाडौंस्थित चिनियाँ दूतावासले बिहीबार जानकारी दिँदै भन्यो कि भेटमा राजदूत सोङले प्रधानमन्त्री कार्कीको नियुक्तिप्रति आफ्नो हार्दिक शुभकामना व्यक्त गरेका थिए र चीन सरकारको सहयोगको प्रतिबद्धता दोहो¥याएका थिए। भेटमा दुवै पक्षले नेपाल–चीन मित्रता र सहकार्यलाई अझ प्रगाढ बनाउने उपायबारे विचार विमर्श गरेका छन्। चिनियाँ दूतावासले यस भेटलाई दुई देशबीचको सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण कदमको रुपमा व्याख्या गरेको छ।