काठमाडौं , अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले बिहीबार शिष्टाचार भेटवार्ता गरेका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारका अनुसार, भेटमा दुवै पक्षले आपसी हितका विविध विषयमा छलफल गरेका थिए। भेटका क्रममा प्रधानमन्त्री कार्कीले अमेरिकाले नेपाललाई पुर्‍याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि त्यसको निरन्तरता रहने विश्वास व्यक्त गरिन्।यस अवसरमा राजदूत थम्प्सनले अमेरिकी सरकारको तर्फबाट नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाई दिँदै नेपाललाई प्राथमिकताका साथ सहयोग गर्ने प्रतिबद्धता दोहो¥याए।