काठमाडौ । वाणिज्य बैंकहरुको खुद नाफा खुम्चिएको छ । चालू आर्थिक वर्षको पहिलो महिना साउनमा २० वटा वाणिज्य बैंकहरुले आठ अर्ब ३८ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।
यो नाफा गत आवको सोही अवधिको तुलनामा आठ दशमलव ६४ प्रतिशत अर्थात् ७९ करोड ३२ लाख रुपैयाँले कम हो । गत आवको साउन महिनामा वाणिज्य बैंकहरुको यस्तो नाफा नौ अर्ब १७ करोड ६२ लाख रुपैयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको पहिलो महिनामा झण्डै आधा दर्जन बैंकहरुको नाफा घट्दा बाँकीको नाफा सामान्यरुपमा बढेको छ । जसमध्ये ग्लोबल आईएमई बैंकले चालू आवको पहिलो महिनामा ७८ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा यो बैंकको यस्तो नाफा ८९ करोड २४ लाख रुपैयाँ रहेको थियो । नबिल बैंकले पनि चालू आवको साउन महिनामा ७१ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा नबिलको यस्तो नाफा ८० करोड ३४ लाख रुपैयाँ रहेको थियो ।
नेपाल एसबीआई, राष्ट्रिय वाणिज्य र नेपाल बैंकले चालू आवको पहिलो महिनामा क्रमशः ६३ करोड ४२ लाख, ५५ करोड ८३ लाख र ५५ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरुको यस्तो नाफा क्रमशः ५७ करोड ७५ लाख, ३६ करोड सात लाख र २२ करोड ४० लाख रुपैयाँ रहेको थियो । प्राइम, कुमारी र एभरेस्ट बैंकले पनि पछिल्लो अवधिमा क्रमशः ५० करोड ५० लाख, ४९ करोड २४ लाख र ४८ करोड ३९ लाख रुपैैयाँ कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरुले क्रमशः ५० करोड ५६ लाख, ५० करोड ३५ लाख र ४२ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
चालू आवको साउन महिनामा एनआईसी एसिया, हिमालयन र सिद्धार्थ बैंकले पनि क्रमशः ४६ करोड ६८ लाख, ४० करोड ८९ लाख र ४० करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरुको यस्तो नाफा क्रमशः ४२ करोड ७२ लाख, ५८ करोड ८० लाख र ३४ करोड ८९ लाख रुपैयाँ रहेको थियो ।
लक्ष्मी सनराइज, सानिमा र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले पनि चालू आवको साउन महिनामा क्रमशः ३९ करोड ४५ लाख, ३९ करोड तीन लाख र ३१ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरुले क्रमशः ४३ करोड ३३ लाख, २८ करोड २७ लाख र २६ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । प्रभु, सिटिजन्स र स्टान्डर्ड चार्टर्ड बैंकले पनि चालू आवको पछिल्लो अवधिमा क्रमशः ३० करोड २३ लाख, २७ करोड २५ लाख र २७ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरुले क्रमशः ५३ करोड ८० लाख, ३४ करोड २३ लाख र ३१ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।
राष्ट्र बैंकका अनुसार माछापुच्छ्रे एनएमबी र कृषि विकास बैंकले पनि चालू आवको पहिलो महिनामा क्रमशः २६ करोड ५२ लाख, १५ करोड ८९ लाख र ३८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । गत आवको सोही अवधिमा यी बैंकहरुले क्रमशः २० करोड २५ लाख, ३३ करोड ३० लाख र ७१ करोड २१ लाख लाख रुपैयाँ खुद नाफा कमाएका थिए ।