काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद सेयरको बिक्री खुला भएको छ । बैंकले यही असोज दुई गते बिहीबारबाट हाल कायम रहेको चुक्ता पुँजीको शत प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेको हो ।
सोअनुसार बैंकले हाल कायम एक कित्ता सेयरबराबर नयाँ एक कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गरेको छ । बैंकले २६ करोड २४ लाख ६७ हजार छ सय रुपैयाँबराबरको प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार छ सय ७६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ बैंकले भदौ ९ गते बुकक्लोज गरेको थियो । यसअनुसार भदौ आठ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । हकप्रद सेयर खरिदको लागि यही असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । हाल चुक्ता पुँजी २६ करोड २४ लाख ६७ हजार छ सय रुपैयाँ रहेको बैंकको हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात् चुक्ता पुँजी ५२ करोड ४९ लाख ३५ हजार दुई सय रुपैयाँ पुग्नेछ ।