काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले क्षति पुगेका सम्पत्तिको दाबी भुक्तानी दिने प्रक्रिया सुरु गरेको छ । जेन–जी आन्दोलनका क्रममा भएका क्षतिको दाबी गरेका बीमितिहरूलाई भुक्तानी दिने प्रक्रिया सुरु गरेको हो । विषम परिस्थितिलाई ध्यानमा राख्दै बीमितको सुविधाका लागि शीघ्र भुक्तानी प्रक्रिया थालेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले जनाएको छ ।
बीमा दाबीका लागि आवश्यक कागजात र प्रक्रिया पु¥याई आफूलाई पायक पर्ने शाखामा सम्पर्क गर्न हिमालायन एभरेष्ट इन्स्योरेन्सले अनुरोधसमेत गरेको छ । दाबी विभागका प्रमुख रोजराज लुईँटेलले बीमासम्बन्धी आवश्यक सेवा र दाबी प्रक्रियामा सहजताका लागि ग्राहकको समन्वयमा रही पूर्ण सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । दाबी प्रक्रियाको सहजताका लागि केन्द्रीय र प्रादेशिक कार्यालयमा समेत सम्पर्क गर्न सकिने कम्पनीको भनाइ छ ।
आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै कम्पनीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । कम्पनीले ग्राहकहरूको सहजताका लागि केन्द्रीय तथा प्रादेशिक कार्यालयमा कर्मचारीहरूलाई सम्पर्क गर्न सकिने जानकारी दिएको छ ।