काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटल लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्नै भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरिने २५ लाख कित्ताको साधारण सेयर निष्काशन गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।
सम्झौतामा नर्भिक इन्टरनेसनल हस्पिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
नर्भिक इन्टरनेसनल हस्पिटल लिमिटेड, नेपाल र नेपालबाहिरका बिरामीहरूको लागि गुणस्तरीय स्वास्थ्य सेवामा एक विश्वसनीय नाम हो । नर्भिक इन्टरनेसनल हस्पिटल लिमिटेडले सन् १९९३ मा ३० शय्याको सामान्य सुविधाको रूपमा आफ्नो यात्रा सुरु गरिको थियो र अहिले दुई शय्याको बहु–विशेषज्ञ अस्पतालको रूपमा सञ्चालनमा छ । यो तीन सय शय्याको अस्पतालमा स्तरोन्नति गर्ने प्रक्रियामा छ । अत्याधुनिक पूर्वाधार र उन्नत चिकित्सा प्रविधिमा निरन्तर लगानीको साथ, बिरामीहरूले काठमाडौंमा नै विश्वव्यापी स्तरको हेरचाह प्राप्त गर्ने कुरा सुनिश्चित गरेका छन् ।