काठमाडौं । स्मार्टफोन ब्राण्ड भिभोले ई–कमर्स प्लेटफर्म दराजसँग सहकार्य गरी दशैँँ ९.९ क्याम्पेन सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो अफर असोज २ देखि १८ सम्म सञ्चालन हुनेछ ।
यस क्याम्पेनअन्तर्गत ग्राहकहरूले विशेष छुट, एक्सक्लुसिभ डिल्स र भिभोको नवीनतम स्मार्टफोनहरूको भरपूर लाभ लिन सक्नेछन् । ग्राहकहरूले भिभो स्मार्टफोनहरूमा सात हजार रुपैयाँसम्मको विशेष डिस्काउन्ट भौचर प्राप्त गर्न सक्नेछन् । साथै, भिभोले भर्खरै मात्र बजारमा लञ्च भएको आफ्नो दुई नयाँ मोडलहरू भिभो भी६० र वाई२१डि दराजमा आधिकारिकरूपमा उपलब्ध गराएको छ । यी दुवै स्मार्टफोनहरूले प्रिमियम डिजाइन, उन्नत फिचर र नयाँ पुस्ताको आवश्यकतालाई ध्यानमा राख्दै उत्कृष्ट प्रदर्शन उपलब्ध गराउँछन् ।
भिभो नेपालका ब्रान्ड म्यानेजर दिपेश खनालले दशैँ क्याम्पेनका लागि दराजसँगको सहकार्यले ग्राहकहरूको चाडपर्वलाई अझ विशेष बनाउन योगदान पुर्याउने बताए । उनले भने, ‘आकर्षक अफरहरू, रोमाञ्चक पुरस्कारहरू, साथै हाम्रो फ्ल्यागसिप भिभो भी६० र युवालाई लक्षित भिभो वाई२१डिको उपलब्धतामार्फत हामीले यो दशैँलाई अझै स्मरणीय बनाउन चाहेका छौँ ।’ यस सहकार्यमार्फत भिभोले नेपालमा आफ्नो डिजिटल उपस्थितिलाई अझ मजबुत बनाउँदै आकर्षक अफर र सहज सेवासहित ग्राहकहरूको पहुँचलाई अझ सजिलो बनाउने लक्ष्य लिएको छ ।