काठमाडौं । नेपाल धितोपत्र बोर्डले तत्कालका लागि १५ मिनेटको औसत गणना स्थगित गरेको छ । बोर्डको शनिवार बसेको सञ्चालक समितिको बैठकले १५ मिनेटको औसत गणना गर्ने विधिलाई तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको हो । बोर्डका अनुसार लगानीकर्ताको तीव्र दबाब थेग्न नसेपछि यसलाई स्थगन गरिएको हो ।
बोर्डका अनुसार शनिबार बैठक हुनुअघि बोर्ड परिसरमा जम्मा लगानीकर्ताहरुले नाराबाजी गर्दै औसत गणना विधिलाई स्थगन गर्न दबाब दिएका थिए । सोही दबाब थेग्न नसकेर गणना विधिलाई स्थगन गरिएको र आइतबार (असोज ५ गते) देखि पूर्ववतरुपमा १५ मिनेटको औसत गणना नहुने गरी कारोबार हुने बोर्डले जानकारी दिएको छ ।