काठमाडौं । बैंकिङ क्षेत्रमा मुद्दती निक्षेपको अंश घट्दै गएको देखिएको छ । चालू आर्थिक वर्षको साउन मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र फाइनान्ससहित ५४ संस्थाले ७२ खर्ब ४१ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरेका हुन् ।
नेपाल राष्ट्र बैंकका अनुसार यो निक्षेपमा मुद्दती निक्षेपको अंश ४८ दशमलव १४ प्रतिशत मात्र छ । यो निक्षेप गत आवको सोही अवधिको तुलनामा नौ दशमलव एक प्रतिशतले कम हो । गत आवको साउन मसान्तसम्ममा आवमा बैंक तथा फाइनान्सहरुले कुल ६४ खर्ब ४६ अर्ब ८२ करोड २६ लाख रुपैैयाँ निक्षेप संकलन गर्दा मुद्दती निक्षेपको अंश ५७ दशमलव १५ प्रतिशत रहेको थियो ।
चालू आवको साउन महिनामा बैंकिङ क्षेत्रको कुल निक्षेपमा मुद्दती, बचत, चल्ती र कल डिपोजिटको अंश क्रमशः ४८ दशमलव १४, ३७ दशमलव ३७, पाँच दशमलव ७१ र आठ दशमलव १२ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा यस्तो निक्षेपको अंश क्रमशः ५७ दशमलव १५, ३० दशमलव १५, पाँच दशमलव १३ र छ दशमलव ८७ प्रतिशत रहेको थियो । यस अवधिमा वाणिज्य बैंकहरुले मात्र कुल ६४ खर्ब ८६ अर्ब ४३ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरेकोमा मुद्दती, बचत, चल्ती र कल निक्षेपको अनुपात क्रमशः ४७ दशमलव ७८, ३७ दशमलव ३०, छ दशमलव १५ र आठ दशमलव चार प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा वाणिज्य बैंकहरुले कल ५७ खर्ब १८ अर्ब १८ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गर्दा मुद्दती, बचत, चल्ती र कल निक्षेपको अंश क्रमशः ५६ दशमलव ४१, ३० दशमलव ४२, पाँच दशमलव ५८ र छ दशमलव ८२ प्रतिशत रहेको थियो ।
साउन मसान्तसम्म विकास बैंकहरुले कुल छ खर्ब २३ अर्ब छ करोड रुपैयाँ निक्षेप संकलन गर्दा मुद्दती, बचत, चल्ती र कल निक्षेपको अंश क्रमशः ४८ दशमलव २२, ४० दशमलव ९२, दुई दशमलव शून्य आठ र आठ दशमलव ६५ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा विकास बैंकहरुले कुल पाँच खर्ब ९८ अर्ब ७४ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गर्दा मुद्दती, बचत, चल्ती र कल निक्षेपको अंश क्रमशः ६१ दशमलव शून्य नौ, २९ दशमलव ८६, एक दशमलव ६६ र सात दशमलव ३५ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार साउनसम्म फाइनान्स कम्पनीहरुले भने कुल एक खर्ब ३१ अर्ब ७३ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गर्दा मुद्दती, बचत, चल्ती र कल निक्षेपको अंश क्रमशः ६५ दशमलव २९, २३ दशमलव ९८, एक दशमलव १४ र नौ दशमलव ५३ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने फाइनान्स कम्पनीहरुले कुल एक खर्ब २९ अर्ब ८९ करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गर्दा मुद्दती, बचत, चल्ती र कल निक्षेपको अंश क्रमशः ७१ दशमलव ३५, १९ दशमलव ६८, एक दशमलव २२ र छ दशमलव ८८ प्रतिशत रहेको थियो ।