काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले एक हजार तीन सय २२ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । बैंकले उक्त सेयर हाल बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो ।

यसका लागि सेयरधनीहरूलाई ३५ दिनको समयावधि दिइएको छ भने इच्छुकले नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिन सकिने बैंकले जानकारी दिएको छ ।