काठमाडौं । महालक्ष्मी विकास बैंकले प्रहरी वृत्त दरबारमार्गको कार्यालय भवन मर्मत सम्भारमा सहयोग गरेको छ । बैंकले मुलुकमा हालै भएको आन्दोलनको क्रममा भएको आगजानी तथा तोडफोडको कारणले क्षतिग्रस्त भएको प्रहरी वृत्त दरबारमार्ग, काठमाडौंको भवनको पुनर्निर्माण कार्य तथा मर्मत सम्भारको लागि आर्थिक सहयोग गरेको हो ।
दरबारमार्गमा रहेको उक्त प्रहरी कार्यालयमा न्यूनतम प्रशासनिक कार्यहरू गर्न कठिनाइ भएकोले तत्कालको लागि कार्यालय भवनको मर्मत सम्भार तथा अन्य सिभिल कार्यहरू गर्न आर्थिक सहयोग गरिएको हो । यस कार्यबाट प्रहरी वृत्त दरबारमार्गमा भइरहेको पुनर्निर्माण तथा मर्मत सम्भार कार्य छिटो सम्पन्न हुने तथा यस सहयोगबाट पुनर्निर्माण तथा मर्मत सम्भारको प्रयासमा एक इँटा थप हुने विश्वास बैंकले लिएको छ ।
साथै बैंकको सम्पूर्ण सेवाहरू पूर्णरुपमा सञ्चालनमा आइसकेको तथा डिजिटल बैंकिङ सेवाहरू सुरक्षितरुपमा सञ्चालन भइरहेको व्यहोरा समेत जानकारी गराइन्छ । नेपाली जनताको घरदैलोमा अनवरतरुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको लेकसाइड शाखाबाहेक एक सय दुईवटा शाखा कार्यालयहरू हाल सञ्चालनमा छन् ।