काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको चाक्सीबारी निवासमा शनिबार पार्टीका पाँच पूर्वपदाधिकारीहरूको बैठक बसेको छ। बैठकमा सिंहसहित विमलेन्द्र निधी, कृष्ण सिटौला, शशांक कोइराला र प्रकाशशरण महत सहभागी भएका थिए।
सात पूर्वपदाधिकारी समूहको बैठकमा यसपटक विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ भने अनुपस्थित रहे। बैठकले पार्टी सभापति शेरबहादुर देउवा उपचारबाट स्वदेश फर्के लगत्तै केन्द्रीय समितिको बैठक बोलाउन ध्यानाकर्षण गराउने निर्णय गरेको एक सहभागी नेताले जानकारी दिए।
त्यसैगरी बैठकले अहिलेको विषम परिस्थितिमा कांग्रेस एकताबद्ध हुनुपर्नेमा जोड दिँदै संकट समाधानमा अग्रसर भूमिका लिनुपर्ने निष्कर्ष निकालेको छ।