काठमाडौं । क्लासिक टेकले दशैँको लागि विशेष अफर सार्वजनिक गरेको छ । अफरअन्तर्गत ग्राहकले ‘दुई वर्षको इन्टरनेट एक वर्षको मूल्यमा’ प्राप्त गर्न सक्नेछन् ।
कम्पनीका अनुसार ग्राहकले ७० एमबीपीएस गतिको इन्टरनेट जडान गर्दा प्रतिमहिना चार सय ४३ रुपैयाँमा अत्याधुनिक वाइफाई सिक्स राउटर पाउनेछन् । वाइफाई सिक्स राउटरका धेरै महत्वपूर्ण विशेषता र फाइदा रहेको कम्पनीले जनाएको छ । यसले एउटै नेटवर्कमा धेरै डिभाइस जडान हुँदा पनि इन्टरनेटको गतिमा कुनै कमी आउन नदिने कम्पनीको दाबी छ । साथै, ५० भन्दा बढी डिभाइसलाई एकैपटक सपोर्ट गर्न सक्ने क्षमता यो राउटर रहेको छ ।
कम्पनीका अनुसार वाइफाई सिक्सले कम लेटेन्सी प्रदान गर्ने भएकाले गेमिङ, भिडियो स्ट्रिमिङ वा भिडियो कल गर्दा ढिलाइको समस्या भोग्नुपर्दैन । यसमा डबल ब्यान्ड सुविधा दुई दशमलव चार गिगाहर्ज र पाँच गिगाहर्ज छ । यो स्थिर र तेज इन्टरनेटका लागि उपयुक्त मानिन्छ । यसबाहेक वाइफाई सिक्स राउटरमा ब्याट्री बचत सुविधा पनि छ । यो विशेष दशैँ अफर अन्य इन्टरनेट प्लानमा पनि लागू हुनेछ । यसमा १००, २०० र ३०० एमबीपीएससम्मका उच्च गतिको इन्टरनेट अफर समावेश छन् । क्लासिक टेकले ग्राहक सुविधा ध्यानमा राख्दै इन्टरनेटसँगै आईपी टीभी सेवा पनि उपलब्ध गराएको छ । यसअन्तर्गत ग्राहकले प्रतिमहिना दुई सय ५० रुपैयाँमा स्मार्ट सेट–टप बक्स प्रयोग गरी विभिन्न च्यानलको आनन्द लिन सक्नेछन् । क्लासिक टेकले आवश्यकताअनुसार उच्च स्पिड तथा भरपर्दो इन्टरनेट सेवा प्रदान गर्ने प्रतिबद्धतामा अगाडि रहेको जनाएको छ ।