काठमाडौं । नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालिले बहुप्रतिक्षित याडिया ओविन विद्युतीय स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ ।
याडिया ओविन इटालीयन शैलीबाट प्रेरित आकर्षक रेट्रो–मोडर्न डिजाइनमा बनेको छ । यो स्कुटर शहरीया परिवेशमा सजिलो यात्राका लागि निर्माण गरिएको हो । यसमा दुई हजार आठ सयबाट क्षमताको मोटर, ७२ भोल्टको ३० एएच ब्याट्री र एकपटक चार्ज गर्दा एक सय पाँच किलोमिटरसम्म यात्रा गर्न सकिने सुविधा छ । साथै, सजिलै चलाउन मिल्ने क्रुज कन्ट्रोल र पछाडि फर्केर पनि चलाउन सकिने रिभर्स असिस्टजस्ता सुविधा पनि दिइएको छ । याडिया ओविनको आधिकारिक मूल्य दुई लाख ३५ हजार रुपैयाँ तोकिएको भएपनि दशैँ, तिहार, एवम् छटलाई लक्षित गर्दै विशेष मूल्य दुई लाख १० हजार रुपैयाँ घोषणा गरिएको छ । यसका साथै लगातार आठ वर्ष विश्वकै नम्बर १ इलेक्ट्रिक टु ह्विलर ब्रान्ड बन्न सफल भएको उपलब्धि मनाउन पनि यस विशेष मूल्यको घोषणा गरिएको कम्पनीले जनाएको छ । यो मूल्य सीमित संख्याका लागि मात्र उपलब्ध हुने पनि कम्पनीले जानकारी दिएको छ ।
हरेक याडिया उत्पादनजस्तै याडिया ओविन पनि तीन वर्ष वा ५० हजार किलोमिटरसम्मको वारेन्टीसहित आउँछ । यसले प्रयोगकर्तालाई लामो समयसम्म निश्चिन्त बनाउँछ । ‘ओविन केवल स्कुटर मात्र नभएर यसले नेपाली उपभोक्तालाई नयाँ पुस्ताको स्टाइल, स्मार्ट सुविधाहरु र वातावरणमैत्री सवारी साधनको अनुभव प्रदान गर्दछ । दशैँ विशेष अफर हाम्रो ग्राहकहरूसँग मिलेर याडेआको सफलता मनाउने तरिका हो’, कुजु नेपाल प्रालिले भनेको छ ।