काठमाडौ । शेयर बजारमा उछाल देखिएको छ । गत शुक्रबार मात्र सरकारले नेपाल धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा पुँजीबजार सुचकारको लागि चार सदस्यीय कार्यदल गठन गरी पाँच दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो ।
यसबाहेक धितोपत्रको शनिबार बसेको सञ्चालक समितीको बैठकले तत्कालको लागि १५ मिनेटको भारित औषत गणना बिधिलाई स्थगन गरेको थियो । यि सबैको प्रभाव साताको पहिलो कारोबार दिन आईतबारको शेयर बजारमा देखिएको छ । जेनजी आन्दोलन पश्चात पहिलो दिन गत बिहिबार खुलेको बजार परिसुचक एकैदिन छ प्रतिशतले घटेर २५ सय अंकमा झरेको नेप्से आज आईतबार एक सय ११ दशमलव ७० अंकले उकालो लागेर २६ सय २३ दशमलव ६२ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि १९ दशमलव सात अंकले उकालो लागेर चार सय ५५ दशमलव २८ बिन्दुमा चढेको छ ।
नेप्सेमा आज तीन सय २९ वटा कम्पनीहरुको एक लाख आठ हजार नौं सय आठ पटकको कारोबारमा दुई करोड ३२ हजार दुई सय २४ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा कुल कारोबार रकम नौं अर्ब १७ करोड ९५ लाख ७३ हजार ७९ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा उपसमुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये निर्जीवन बीमा र सामुहिक लगानी कोष उपसमुहको सुचक ओरालो लाग्दा बाँणिज्य बैंक, बिकास बैंक, फाईनान्स, जलबिद्युत, जीवन बीमा, लघुवित्त सहितका ११ वटा उपसमुहहरुको सुचक उकालो लागेका छन् ।