काठमाडौं । गरिमा विकास बैंकले संस्थापक सेयर बिक्रीको आह्वान गरेको छ । बैंकका अनुसार दुई लाख १२ हजार आठ सय ३४ दशमलव ६५ कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा राखिएको हो ।
बैंकले यसअघि उक्त सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीहरूका लागि बिक्री खुला गरेको थियो । तर तोकिएको अवधिसम्म केही कित्ताका लागि मात्रै आवेदन परेपछि बाँकी रहेको सेयर सर्वसाधारणका लागि बिक्रीमा राखिएको बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार लगानीकर्ताहरूले अबको १५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको सेयर कित्ता र मूल्य खुलाएर निवेदन दिनुपर्नेछ ।