काठमाडौं । सेयर दलाल कम्पनी ब्रोकर नम्बर ८१ अर्थात् आकाश भैरव सेक्युरिटिजको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले शनिबार ललितपुरमा आफ्नो तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको जानकारी दिएको छ । सभाले १५ प्रतिशत लाभांश वितरण गर्ने लगायत विविध प्रस्ताव पारित गरेको छ । यसबाहेक सभाले नयाँ शाखा खोल्ने प्रस्ताव पनि पारित गरेको कम्पनीले जानकारी दिएको छ ।