काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पदभार ग्रहण गरेको पहिलो दिनमै आफ्ना कडाइपूर्ण कार्यशैली देखाएका छन् ।पदभार ग्रहणलगत्तै कर्मचारीहरूले ल्याएको पहिलो निर्णयमा उनले हस्ताक्षर गर्न अस्वीकार गर्दै अर्को प्रस्ताव तयार गर्न निर्देशन दिएका हुन् । खरेलले सो निर्णयप्रति असन्तुष्टि जनाउँदै “म यस्तोमा हस्ताक्षर गर्न सक्दिनँ, नयाँ प्रस्ताव ल्याउनुस्” भन्दै कर्मचारीलाई पाँच मिनेटको समय दिएका थिए ।उनको निर्देशनपछि मन्त्रालयका कर्मचारीहरू तत्काल सक्रिय हुँदै नयाँ प्रस्ताव तयार गर्ने कार्यमा जुटेका छन् । सञ्चार क्षेत्रमा लामो अनुभव बोकेका मन्त्री खरेलले पदभार ग्रहणको सुरुदेखि नै “गुणस्तर र पारदर्शिता” मा कुनै सम्झौता नगर्ने सन्देश दिएका छन् ।