काठमाडौं । यही भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका कारण निर्जीवन बीमा कम्पनीहरूमा भुक्तानी दायित्व बढेको छ । नेपाल बीमा प्राधिकरणले भदौ २३ गतेदेखि उत्पन्न भएको असहज परिस्थितिका कारण निर्जीवन बीमा कम्पनीहरूमा भुक्तानी दायित्व बढेको हो ।प्राधिकरणका अनुसार निर्जीवन र लघु निर्जीवन बीमासहितका १८ वटा कम्पनीमा यही असोज ५ गतेसम्म जेन–जी आन्दोलनका क्रममा भएको भौतिक क्षतिका कारण दुई हजार चार सय ७८ वटा दाबी संख्याको आधारमा २२ अर्ब २५ करोड ६५ लाख छ हजार रुपैयाँबराबरको दाबी रकम परेको छ ।
जसमध्ये सबैभन्दा बढी दि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ । ओरियन्टलमा ७३ वटा दाबी संख्याको आधारमा पाँच अर्ब २२ करोड ९८ लाख ७५ हजार रुपैयाँबराबरको माग दाबी परेको छ ।यसैगरी सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीमा पनि दुई सय ७९ वटा दाबी संख्याको आधारमा पाँच अर्ब आठ करोड २८ लाख ३२ हजार रुपैयाँबराबरको बीमा दाबी परेको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीमा पनि एक सय ७० वटा दाबी संख्याको आधारमा दुई अर्ब ७६ करोड ८४ लाख १७ हजार रुपैयाँबराबरको मागदाबी परेको छ । शिखर इन्स्योरेन्स कम्पनीमा पनि तीन सय ७४ वटा दाबी संख्याको आधारमा दुई अर्ब ३९ करोड ३३ लाख ६१ हजार रुपैयाँबराबरको मागदाबी परेको छ ।
प्राधिकरणका अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा दुई सय ५७ वटा दाबी संख्याको आधारमा एक अर्ब ४५ करोड ५६ लाख ९४ हजार रुपैयाँबराबरको दाबी रकम परेको छ भने हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीमा एक सय ९६ दाबी संख्याको आधारमा एक अर्ब १५ करोड ६२ लाख ८३ हजार रुपैयाँबराबरको दाबी रकम परेको छ । नेको इन्स्योरेन्स कम्पनीमा पनि दुई सय ११ वटा दाबी संख्याको आधारमा एक अर्ब ११ करोड ८३ लाख ८३ हजार रुपैयाँबराबरको दाबी रकम परेको छ । सानिमा जीआईसी इन्स्योरेन्समा एक सय ४२ वटा दाबी संख्याको आधारमा ८१ करोड सात लाख २९ हजार रुपैयाँ दाबी रकम पर्दा युनाइटेड अजोड इन्स्योरेन्समा एक सय ८९ वटा दाबी संख्याको आधारमा ५१ करोड ३४ लाख ७४ हजार रुपैयाँबराबरको दाबी रकम परेको छ । नेपाल इन्स्योरेन्स कम्पनीमा पनि ८३ वटा दाबी संख्याको आधारमा ५७ करोड नौ लाख ८३ हजार रुपैयाँ दाबी रकम पर्दा एनएलजी इन्स्योरेन्समा एक सय ७४ वटा दाबी संख्याको आधारमा ५४ करोड ७२ लाख ७१ हजार रुपैयाँबराबरको दाबी रकम परेको छ ।
राष्ट्रिय बीमा कम्पनीमा एक सय ६४ वटा दाबी संख्याको आधारमा ४० करोड ९९ लाख ८७ हजार रुपैयाँबराबरको दाबी रकम पर्दा प्रभु इन्स्योरेन्स कम्पनीमा एक सय दुईवटा दाबी संख्याको आधारमा २० करोड ३६ लाख १६ हजार रुपैयाँबराबरको दाबी रकम परेको छ । नेशनल इन्स्योरेन्स कम्पनीमा भने २० वटा दाबी संख्याको आधारमा छ करोड ८४ लाख ९१ हजार रुपैैयाँबराबरको दाबी रकम पर्दा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा पनि नौवटा दाबी संख्याको आधारमा एक करोड १३ लाख २३ हजार रुपैयाँबराबरको दाबी रकम परेको छ ।
स्टार माइक्रो इन्स्योरेन्समा नौवटा दाबी संख्याको आधारमा ७२ लाख ३८ हजार रुपैयाँबराबरको दाबी रकम पर्दा ट्रस्ट माइक्रो इन्स्योरेन्समा नौवटा दाबी संख्याको आधारमा ४४ लाख रुपैयाँबराबरको दाबी रकम परेको छ । प्राधिकरणका अनुसार नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीमा १७ वटा दाबी संख्याको आधारमा ४१ लाख ५० हजार रुपैयाँबराबरको दाबी रकम परेको छ ।